बलीउडका सुपरस्टार सलमान खानको अफयेरको चर्चा अन्य अभिनेता भन्दा अलि बढी नै हुने गर्छ । धेरै अभिनेत्रीसँग अफयेरमा रहेपनि अहिलेसम्म सलमान खान अविवाहित नै छन् । यस बर्ष देखी ५१ बर्षमा लाग्न लागेका सलमान खान अहिले यूलिया वन्तुरसँगको प्रेमसम्बन्धमा रहेको खबर राम्रै फैलिरहेको छ । सलमान खान मात्र होइन अफयेर रहेर वा विवाह गरेर पनि एक्लो जिन्दगी विताइरहेका धेरै कलाकारहरु बलीउडमा छन् । बलीउडका निर्देशकहरुको कुरा गर्ने हो भने पनि धेरै निर्देशकहरु यस्ता छन् जसले विवाह र अफयेरमा रहेर पनि अहिले एक्लो जिन्दगी विताइरहेका छन् । त्यसमध्येमा बलीउडका चर्चित कोरियोग्राफर तथा निर्देशक प्रभुदेवा पनि पर्छन । ६ बर्ष पहिला डायरेक्टर प्रभुदेवाले पत्नी रामलतासँग डिभोर्स गरेका थिए । साउथ इण्डियन फिल्मकी चर्चित एक्ट्रेसेस नयनतारासँग समेत प्रभु देवाको प्रेमसम्बन्ध रहेको थियो तर पछि उनीहरुको ब्रेकअप भयो । एकपटक एक्ट्रेसेस सोनाक्षी सिन्हासँग पनि उनको अफयेर रहेको हल्ला चलेको थियो ।