गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘क्लासिक’ बाट यो बर्ष नायक आर्यन सिग्देलले ३ अवार्ड हात पारिसकेका छन् । यस बर्ष अवार्डमा ह्याट्रिक मारेका आर्यन सिग्देलको एक वास्तविकता धेरैलाई थाहा नभएको पनि हुनु सक्छ । आखिर कति थियो आर्यन सिग्देलको पहिलो कमाई ? आर्यनलाई जीवनको पहिलो कमाइ यही र यत्ति नै थियो भन्ने थाहा छैन तर उनलाई कलाकारिता गरेर पाएको पहिलो पारिश्रमिक भने याद छ । उनले ‘चिताको ज्वाला’ नामक टेलिशृंखलामा अभिनय गरेर पहिलो पटक १२ सय पारिश्रमिक पाएका थिए । तर त्यो सिरियल प्रसारण नै भएन । अहिले उनी एक चलचित्र खेलेवापत ५ लाखसम्म पारिश्रमिक लिने गर्छन । चलचित्र ‘किस्मत’ बाट ठूलो पर्दामा भित्रिएका आर्यनले त्यसपछि आफ्नो करियरलाई पछाडी फर्केर हेर्नु नै परेन । एक पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले ‘किस्मत’ मा पाएको पारिश्रमिक खानपिन, ड्रेसअपमा नै सकिएको बताएका छन् ।
उनले भने, ‘अलि राम्रो पारिश्रमिक भने ‘मेरो एउटा साथी छ’बाट पाएँ । त्यो पैसा पनि खानपिन, ड्रेसअपमै खर्च गरियो । त्यसपछि निरन्तर काम गरिरहेको छु । खासमा मलाई पैसाको त्यत्ति साह्रो महत्व कहिल्यै लागेन । पैसा साधन हो, साध्य होइन । बाँच्न पुगे भयो । त्योभन्दा बढी पैसा के काम ? यस्तो पो लाग्छ मलाई त ।’
आर्यनलाई राम्रो तथा स्वभाविक अभिनय र राम्रो रूपको लागी चिनिन्छ। रामचन्द्र सिग्देल र सारदा सिग्देलको जेठो सन्तानका रूपमा हिन्दु पण्डितको घरमा रुसुवाको दुन्चेमा जन्मिएका आर्यनले दिपेन्द्र पुलिस स्कुलबाट आफ्नो शिक्षा प्रारम्भ गरेका थिए भने एसएलसी चाहि मंगलदोय उच्च मा.वी बाट पास गरेका थिए। पछि उनी रत्न राज्य क्यापसमा बिजनेस पढन भर्ना भएका थिए तर उनले अभिनयको कक्षा लिन थाले पछि शिक्षा अपुरो नै रहन गयो। रंगमञ्ज हुँदै चलचित्रक्षेत्रमा प्रवेश गरेका आर्यनले अहिलेसम्म दुई दर्जन बढी चलचित्रमा काम गरिसकेका छन् ।