गिरान्चौरको एकिकृत बस्ती पूर्व निर्धारित समयमा सम्पन्न गर्न नसकेको भन्दै हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले माफी मागेका छन् । सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले सिन्धुपाल्चोकको गिरानचौरमा दोस्रो एकिकृत नमुना बस्ती बनाउन सुरु गर्दा घटस्थापनको दिन समुदायलाई बस्ती हस्तान्तरण गर्ने उद्घोष गरेका थिए। निरन्तरको झरीले काममा निकै वाधा पु¥याएको भन्दै सितारामले हालै एक भिडियो मार्फत माफी मागेका छन् । दिनरात खटिँदा पनि तोकिएको समयमा काम सम्पन्न नभएकोमा दुःख व्यक्त गर्दै धुर्मुसले दशैं नै गिरान्चौरमा मनाउने बताएका छन्।