नेपाली चलचित्रका केही सेलिब्रेटीहरु पछिल्लो समय होटल व्यबसाय तिर बढी नै आकर्षित हुँदै आएका छन् । केही दिन अगाडी मात्र नायिका कृति भट्टराईले काठमाण्डौमा कफि शप खोलेकी थिइन भने नायिका स्वेता खड्का पनि लामो समयदेखी होटल व्यबसायमा सक्रिय छिन् । यही क्रममा नायक शिव श्रेष्ठले पनि होटल व्यबसायमा हात हालेका छन् । शिव श्रेष्ठले शनिबारदेखि ललितपुरको भैँसेपाटीमा ‘हेलो कफी’ नामको क्याफे सञ्चालन गरेका छन् ।
भैँसेपाटी आवास गेटको बाहिरपट्टी रहेको क्याफेको शनिबारदेखि सञ्चालनमा आएको छ । पछिल्लो समय चलचित्रको पर्दामा खासै नदेखिएका शिव श्रेष्ठले अभिनय गरेको चलचित्र ‘बागमती’ गएको बर्ष प्रदर्शनमा आएको थियो ।