पाकिस्तानी कलाकारमाथि बयानको विषयमा शिवसेनाले सलमान खानलाई निशाना बनाउन सुरु गरेको छ । शिवसेनाका थुप्रै नेताहरुले सलमानलाई पाकिस्तानसम्म जाने सल्लाह दिएको छ । स्मरण रहोस्, सलमान खानको आतंकवादी र कलाकारमा फरक छ र त्यहाँका कलाकार भिजा लिएर आउँछन् भन्ने अभिव्यक्ति पछि शिवसेनाको यस्तो प्रतिक्रिया आएको हो ।
शिवसेनाका प्रवक्ता मनिषा कायन्देले स्रोतसँग कुराकानी गर्दै सलमान खानलाई पाठ पढाउनुपर्ने धारणा व्यक्त गरेकी छिन् । उनले भनिन्, ‘यदि खानलाई पाकिस्तानको यति धेरै माया लाग्छ भने उनी त्यहाँ जानुपर्छ । ’
‘सलमानलाई पाकिस्तान पठाउ । यदि उनको परिवारको कुनै सदस्य शहिद भए सलमानले पीडा के हो भन्ने बुझ्थे,’ उनले भनिन् ।
सलमानले यो भन्दा अघि पनि निकै विवादास्पद बयान दिने गरेको भन्दै उनले आफ्नो फिल्मको बिजनेस गर्नका लागि यस्तो गर्ने गरेको मनिषा कायन्देले बताइन् । यता शिवसेना नेता अरविन्द सावन्तले सलमानको भनाई कि यति धेरै मूल्य दिने भन्दै सलमानको परिवारको कसैको गर्धन काटिएको भए उनलाई थाहा हुने थियो भनी आलोचना गरे । उनले भने, ‘१२५ करोडको देश हो । केरलदेखि कश्मिरसम्म कलाकार भरिएका छन् । यदि यति धेरै पीडा छ भने पाकिस्तान जाँदा हुन्छ,’ उनले भने ।