नेपाली सुगम संगीतका चर्चित गायक रामकृष्ण ढकालले आफ्नो १५ औं एल्बम ‘आवरण’ सार्वजनिक गरेका छन् । शनिबार काठमाडौंको पाँच तारे होटल सोल्टीमा उपराष्ट्रपति नन्दबहादुर पुनले ढकालको एकल एल्बम ‘आवरण’ को सार्वजनिक गरेका थिए । एल्बममा उत्तम संजेल, रमेश वीजी, आनन्द अधिकारी, बिनोद बन्जारा, एक नारायण भण्डारी, डा.आश बहादुर तामाङ, देवेन गीरी, प्रज्जवल शमंशेर जबराको शब्द रचना रहेको छ । त्यस्तै एल्बममा समाबेश ११ गीतमा हरि लम्साल, न्यू बज्रचार्य, राजेश थापा, शिखर सन्तोष, सुगम पोखरेल, किरण कँडेल लगायतका संगीतकारको संगीत रहेको छ । नेपाली चलचित्र देखी साँगीतिक क्षेत्रका चर्चित हस्तीहरुको उपस्थिती रहेको कार्यक्रममा रामकृष्ण ढकालले एक दर्जन बढी गीतहरु गाएका थिए । कार्यक्रममा ‘आवरण’ एल्बममा समाबेश दुई गीतको म्यूजिक भिडियो पनि देखाइएको थियो।