मोस्ट अवेटेड फिल्म ‘बाहुबली द कन्क्लूजन’ (बाहुबली २) को लोगो हालै सार्वजनिक भएको छ । डायरेक्टर एसएस राजामौलीको यो फिल्म गएको बर्ष प्रदर्शनमा आएको ‘बाहुबली’ को सीक्वल हो। फिल्ममा प्रभास, राणा दग्गुबती, अनुष्का शेट्टी, सत्यराज, तमन्ना भाटिया र राम्या कृष्णनको मुख्य भुमिका रहेको छ ।
‘बाहुबली’ मा एक्ट्रेस अनुष्का शेट्टीले प्रभासकी आमा महारानी देवसेनाको भुमिका निर्वाह गरेकी छिन् । तपाईहरु यो थाहा पाएर हैरान बन्नु हुन्छ कि बाहुबलीमा ब्राउन रंगको साडी, छरपस्ट भएको कपाल र सिक्रिमा बाँधिएकी देवसेना रियल जिन्दगीमा भने निकै ग्ल्यामरस छिन् । कयौं तमिल र तेलुगु फिल्ममा अभिनय गरिसकेकी अनुष्काको रियल नाम स्वीटी शेट्टी हो ।
७ नोभेम्बर, १९८१ मा जन्मिएकी अनुष्काको २००५ मा रिलिज भएको तेलुगु फिल्म ‘सुपर’ बाट डेब्यू गरेकी थिइन । ३४ बर्षिया अनुष्काले ‘बाहुबली’ का अलवा Vikramarkudu (2006), अरुंधति (2009), वेदम (2010), रुद्रमादेवी (2015) र सिंघम सीरीज जस्ता हिट फिल्महरुमा काम गरिसकेकी छिन् ।