शनिबार दीपेन्द्र के. खनालले आफु निर्देशित नयाँ चलचित्र ‘लभ लभ लभ’ को रिलिज मिति २०७४ साल बैशाख १ गतेलाई घोषणा गरेपछि अहिले नायक निखिल उप्रेतीलाई तनाब भएको छ । कारण हो, निखिलले अभिनय गरेको चलचित्र ‘राधे’ पनि सोही मितिमा एकसाथ प्रदर्शनमा आउँदैछ । नेपाली सञ्चारमाध्यमहरुले बैशाख १ गते ‘लभ लभ लभ’ मात्र प्रदर्शनमा आउन लागेको भन्दै समाचार प्रकाशन गरेपछि ‘राधे’ चलचित्रका निर्माता शुशिल पोख्रेलले बैंशाख १ गते आफुले पहिलो पटक रिलिज मिति घोषणा गरेको बताए । उनले भने -”राधे’ बैशाख १ गते हो । समाचार छप्दा वा लेख्दा अलि सोधेर लेखी दिनु होला किनभने राधेले सबै भन्दा पहिला डेट कन्फर्म गरेको हो ।’ यो हेर्दा अब नयाँ बर्षमा दुई नेपाली चलचित्रको राम्रै लडाई हुने देखिएको छ । अहिले चलचित्र ‘राधे’ को छायाँकन पाल्पामा चलिरहेको छ भने ‘लभ लभ लभ’ प्रोष्ट प्रोडक्शनमा छ । यो चलचित्रमा निखिलका अलवा प्रियंका कार्की र अशिष्मा नकर्मीको मुख्य भुमिका रहेको छ । जगदिश्वर थापाको लेखन र निर्देशन रहेको चलचित्र ‘राधे’ प्रेम र एक्शनमा आधारित रहेको छ ।