गायिका निकोल शेरजिंगरलाई यो लाग्छ कि उनले आफ्नो व्यस्त करियरको कारण आफ्नो जिन्दगीको कयौं अमूल्य पल गुमाएकी छिन् । डेली मिररको खबरका अनुसार, निकोलले भनेकी छिन् कि उनी चाँडै ४० बर्षकी हुँदैछिन् र उनको परिवार छैनन् किनकी उनले आफ्नो जीवनमा सिर्फ संगीतलाई मात्र महत्व दिइन । अहिले ३८ बर्षकी निकोलले भनिन्, ‘‘म विवाहित होइन, बच्चाको सुखबाट बन्चित छु । निकै राम्रो सफलता मिल्यो तर धेरै चिजहरुलाई गुमाएर । मैले जीवनको महत्वपूर्ण पलहरु त्यस्तै गुमाएको छु ।’’