कांग्रेस माओवादी गठबन्धनका उम्मेद्धार पुष्पकमल दाहालबिरुद्ध प्रधानमन्त्री पदको निर्वाचनमा एमालेले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई अघि सार्ने भएको छ । दाहाललाई निर्विरोध निर्वाचित हुन नदिन र प्रतिपक्ष भएको देखाउन एमालेले संसदीय दलका उपनेता नेम्वाङलाई प्रचण्डविरुद्ध मैदानमा उत्रार्ने भएको छ । । ‘पार्टी अध्यक्ष नउठ्ने भएपछि उपनेता नेम्वाङलाई मैदानमा उर्तार्ने निर्णयमा हामी पुगेका छौ’ एमाले नेता तथा सांसद रविन्द्र अधिकारीले भने ।
एमालेले प्रचण्डसँग प्रतिस्पर्धा गर्न उपाध्यक्ष बामदेव गौतमलाई आग्रह गरेको थियो । तर गौतमले पछिपनि आफैलाई उम्मेद्धार बनाउने सर्त राखेपछि विकल्पमा नेम्वाङलाई रोजिएको हो । एमालेले जित्नका लागि नभई प्रचण्डलाई निर्विरोध हुन नदिन र प्रतिपक्षको भूमिका देखाउन नेम्वाङलाई अघि सार्ने भएको छ ।
नेम्वाङले मंगलबार प्रधानमन्त्रीको उम्मेद्धारी दर्ता गराउने भएका छन् । प्रधानमन्त्री केपी ओली प्रस्तावक र बरिष्ठ नेता झलनाथ खनालको समर्थनमा उनी मैदानमा आउने भएका छन् । ओली नेतृत्वको सरकारले गरेका कामलाई निरन्तरता दिए प्रचण्ड नेतृत्वको सरकारलाई सहयोग गर्ने नभए आन्दोलनमा उत्रिने एमालेले तयारी गरेको छ ।
बामदेव गौतमले सर्त राखेपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले उनलाई अघि सार्ने प्रस्ताव एमाले पदाधिकारी बैठकमा गरेका थिए । ओलीको प्रस्तावमा सवै नेता सहमति भएपछि उनी मैदानमा आउने भएका हुन् । -यस काठमाडौं डटकम