बलीउड अभिनेत्री दीपिका पादुकोण सँधै हासिरहेको र मुस्कुराईरहेको देखिन्छिन् । तर तपाईंलाई थाह छ, दीपिका किन मुस्कुराउँछिन् ? हालसालै उनकी एक साथीले उनको मुस्कानको बारेमा राज खोलेकी छिन् ।
डिक्पल पर्नुको राज
दीपिका बिहान उठेर आफ्नो दिनको सुरुवात अग्र्यानिक कफीका साथ गर्छिन् । त्यस्तै उनलाई घरमा बनाएको राजमा पनि एकदमै मनपर्छ । दीपिकाको मुहारमा सँधै मुस्कान छाइराख्नुको अर्को कारण डार्क चकलेट पनि हो । कतिपय ठाउँमा भने यो चकलेट नै दीपिकाको कमजोरी बन्ने गरेको छ । उनकी मिल्ने साथीले बताए अनुसार बच्चाहरुसँग समय बिताउन र आफुलाई मनपर्ने गीत सुन्नु पनि दीपिकाको मुहारको डिक्पल स्माइलको कारण हो । तिहारको उत्सव उनलाई सबैभन्दा मनपर्ने पर्व हो । यदि तपाईं दीपिकाको अगाडी सेतो गुलावको फुल लिएर जानुहुन्छ भने उनको मुस्कानलाई कसैले पनि रोक्न सक्दैन ।