टाइगर श्रौफ र दिशा पटानीले आफ्नो सम्बन्धको बारेमा खुलेर केही बताएका छैनन् । मिडियाले यसबारे दुवै जनालाई बारम्बार सोधे पनि उनीहरु आफूलाई मात्र मिल्ने साथी मात्र भएको बताउँछन् ।
तैपनि उनीहरु धेरै पटकसँगै देखिन्छन् । बुधबार मात्र दुवैलाई मुभी डेटमा भेटिएको थियो । मुम्बाईको जुहुको एक चलचित्र हलमा उनीहरुलाई सँगै देखिएको थियो ।
पहिले मिडियाबाट बचेर हिँड्ने यो जोडीले यसपटक भने मिडियालाई फोटो समेत खिच्न दिए ।
यसअघि अघिल्लो महिना टाइगर र दिशाले सँगै छुट्टी मनाउँदै गरेको फोटोहरु भाइरल बनेको थियो । उक्त छुट्टीमा टाइगरका परिवार पनि साथ थिए ।
तर, अहिले भने दिशा र टाइगरको परिवारसँग सम्बन्ध राम्रो छैन । भारतीय मिडियाका अनुसार टाइगरकी आमा आयशा श्रौफले दिशालाई आफ्नो छोरासँग नभेट्न भनेर चेतावनी दिएकी छिन् ।