एक्शनस्टार निखिल उप्रेतीले अभिनय गरेको अपकमिङ्ग मुभी ‘राधे’ को सम्पूर्ण छायाँकन सकिएको छ । झण्डै ३५ दिन लामो छायाँकन सकाएर निर्माणपक्ष काठमाडौं फर्किएको छ । चलचित्रका निर्माता शुशिल पोख्रेलका अनुसार चलचित्र ‘राधे’ को छायाँकन चितवन, नवलपरासी, कृष्णनगर, पाल्पा, तथा भारतको बिभिन्न ठाउँमा भएको थियो । केही दिन अगाडी चलचित्र ‘राधे’ को एक दृश्यका लागि नायक निखिल उप्रेतीले नायिका प्रियंका कार्कीसँग विवाह गरेका थिए । वैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारी भइरहेको यो चलचित्रमा निखिल र प्रियंकाका अलवा अशिष्मा नकर्मीको पनि मुख्य भुमिका रहेको छ । अब चलचित्रको पोष्ट प्रोडक्शनको काम दशैंपछिबाट धमाधम सुरु हुने निर्माता पोख्रेलले बताए । जगदिश्वर थापाको लेखन र निर्देशन रहेको चलचित्र ‘राधे’ प्रेम र एक्शनमा आधारित रहेको छ ।