अभिनेत्री केकी अधिकारीलाई दसैं टीका जमराकै कारण विशेष लाग्ने गरेको बताएकी छिन् । केही समययता दसैं अघिपछि पनि सुटिङकै चटारो खेप्दै आएकी उनले टीकाको लागि भने सकेसम्म सबै परिवार र आफन्तलाई समय दिँदै आएकी छिन्। फिल्म सुटिङका लागि पोखरामा भए पनि फर्किसकेकी छिन् । आज उनी सपरिवारसँग मिलेर दशैं मनाउँदैछिन् । पिङ खेल्न निकै मन पराउने केकी भन्छिन्, ‘लाइन बसेर भए पनि पिङ खेल्छु खेल्छु ।’ केकी हरेक वर्ष जस्तै यसपालि पनि परिवारिक वातावरणमा तास खेल्दै रमाउने मूडमा छिन्। भन्छिन्, ‘तास हातमा नपरे दसैंमा के छुट्यो के जस्तो लाग्छ।’