लगातार छविराज प्रोडक्शनको व्यानरमा निर्माण भइरहेको चलचित्रमा काम गर्दै आइरहेकी नायिका शिल्पा पोख्रेललाई अहिले अन्य प्रोडक्शन हाउसमा निर्माण हुने चलचित्रमा काम गर्नु गलत हो कि भन्ने महशुस हुन थालिसकेको छ । छविराज प्रोडक्शनको व्यानरमा निर्माण भएका तीन चलचित्र ‘लज्जा’, ‘हवल्दार सुन्तली’ र हाल प्रदर्शन भइरहेको चलचित्र ‘किस्मत २’ बाहेक उनले अन्य व्यानरमा तयार भएका चलचित्र फागु र वृन्दावनमा काम गरेकी थिइन । छविराजको प्रोडक्शन हाउसभन्दा बाहिरका अन्य चलचित्रबाट उनले सफलताको स्वाद चाख्न पाएकी छैनन् तर छविराज प्रोडक्शनको व्यानरमा तयार भएका चलचित्रबाट भने उनलाई राम्रै सफलता मिलिरहेका छ । ‘लज्जा’ र ‘हवल्दार सुन्तली’ सफल भएपछि छविराज ओझाले शिल्पालाई नै लिएर चलचित्र ‘किस्मत २’ निर्माण गरेका हुन् । अहिले यो चलचित्रले घरेलु बक्सअफिसमा राम्रै व्यापार गरिरहेको छ । आज टिकाको दिनमा बिहे गर्न लागेको भन्दै चर्चामा रहेका छवि र शिल्पा यतिबेला चलचित्रको व्यापार सुखद हुँदा खुशी देखिएका छन् । चलचित्रका निर्देशक ऋषि लामिछाने पनि चलचित्र किस्मत २ को विजनेशले आफु निकै उत्साहित भएको बताए । मल्टिप्लेक्समा ठिकठाकको विजनेश भएपनि सिंगल हलहरुमा भने ‘किस्मत २’ ले उच्च कलेक्शन गरिरहेको वितरकले बताएका छन् । यो चलचित्रमा शिल्पाका अलवा पृथ्वीराज प्रसाई र किशोर खतिवडाको प्रमुख भुमिका रहेको छ ।