हलीउडस्टार पियर्स ब्रोस्नन हलीउड फिल्म जेम्स बोन्डका सिरिजमध्ये ‘गोल्डेन आइ, द वल्र्ड इज नट इनफ, टुमरो नेभर डाइज, द एनोदर डे’ मा बोन्डको भूमिका निभाएर चर्चित बनेका उनको चर्चा अहिले फेरी निकै चुलिएको छ । हलिउड बोन्ड अभिनेता ब्रोस्नन आएपछि पानमसलाको विज्ञापनमा देखिएपछि अहिले सबैतिर उनको चर्चा भएको हो। यसले उनलाई मजाकको पात्र पनि बनाइदिएको छ।
उनलाई सामाजिक संजाल तथा समाचारमाध्यममा ‘माइ नेम इज बोन्ड, पान खाएर थुक्ने मेरो काम’ भन्दै उडाइएको छ। त्यस्तै पानमसला खाने व्यक्ति र बोन्डको ‘स्टारडम’ खास नमिल्ने हुनाले यो विज्ञापनमा उनलाई राखिनु सान्दर्भिक नभएको पनि टिप्पणी गरिएको छ। भारतीय ब्राण्ड ुपान बहारु को विज्ञापनमा उनको बोन्ड फिल्मी स्टाइल र पानबहार नै उनको सफलताको राज भएको देखाइएको छ ।
विज्ञापनमा बोन्डले पानमसला भने खाएको देखाइदैंन। तर उनले पानमसला खाएर थुकेको भने देखाइन्छ। यसले ब्रोस्ननको ‘इमेज’ बिगारेको टिप्पणी गरिएको छ। तर भारतमा भने यसलाई सकारात्मक लिइएको बताइएको छ।