बलीउड अभिनेत्री करिना कपुरले आफ्ना पति सैफ अली खानलाई टिपिकल इण्डियन ‘कामसुत्र’की जस्ती महिला मन पर्ने बताएकी छन् । अहिले पहिलो गर्भावस्थामा रमाइरहेकी करिनालाई एक शोको दौरानमा सोधिएको थियो कि जब उनले सैफ अली खानलाई गर्भवती भएको खबर सुनाइन त उनको प्रतिक्रिया के थियो ? जवाफमा करिनाले भनिन्, ‘सैफ यो सुनेर एकदमै उत्साहित भए ।’
करिनाले सबैभन्दा राम्रो कम्पिलिमेन्ट रुपमा जब सधै विहान सैफ उनी मलाई देख्छन् र भन्छन्, ‘जब तिमी गर्भवती छौ त मलाई तिमीप्रति अझै धेरै प्रेम भइरहेको छ ।’ सोही क्रममा करिनाले सैफलाई कस्तो महिला मन पर्छन् भन्ने कुराको पनि खुलासा गरेकी छिन् । उनले भनिन्, ‘श्रीमान हमेशा मलाई भन्छन् कि उनलाई जिरो साइज मन पर्दैनन् । उनी सुडौला र गोला आकारमा टिपिकल इण्डियन कामसुत्रमा बयान गरेजस्तै महिला मन पराउँछन् ।’