नायक भुवन केसी र नायिका जीया केसीको रिलेशनसिपको विषयमा विभिन्न खबरहरु बेला बखतमा बाहिर आइरहेका हुन्छन् । गएको बर्ष प्रदर्शनमा आएको आफु निर्देशित तथा छोरा अनमोल केसी अभिनित चलचित्र ड्रिम्समा समेत नायक भुवन केसीले निर्मात्रीको रुपमा जीया केसीलाई भित्राएका थिए । त्यसभन्दा अगाडीदेखी नै उनीहरुको सम्बन्धलाई लिएर विभिन्न खबरहरु बाहिर आइरहेको अबस्थामा ड्रिम्समा जीया केसीलाई निर्मात्रीको रुपमा उभ्याएपछि अझ उनीहरुको सम्बन्धलाई लिएर विभिन्न हल्लाहरु चल्न सुरु भएको थियो । अहिले फेरी उनीको सम्बन्धले पुनः चर्चा पाएको छ । नेपालीहरुको महानपर्व दशैंमा नायक भुवन केसीले नायिका जीया केसीलाई टिका लगाइदिएका छन् । भुवनका माता पिता, छोरा अनमोलसँगै बसेर जियाले पनि टिका लगाएकी थिइन् र सामुहिक फोटो पनि खिचाएकी थिइन् । यसको मतलब जीया भुवनको एक सदस्य नै भैसकेको पुष्टी हुन्छ । हाल काठमाडौंमा नै रहेकी भुवनकी पूर्व पत्नी सुस्मिता केसी भने उक्त फोटोमा देखिएकी छैनन् ।