युएईमा नेपाली चलचित्र नियमित प्रदर्शन सुरु हुने भएको छ । युएईको स्थानीय वितरकसँग सहकार्य गरी कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्रलाई वैधानिक रुपमा युएईमा नियमित प्रदर्शन गर्न लागेको हो । अक्टुबर १४ शुक्रबार अर्थात आजदेखी नेपाली चलचित्र प्रदर्शनको सुरुवात गर्न लागिएको हो । आज पहिलो दिनमै युएईका विभिन्न शहरका ९ वटा सिनेमा हलमा नेपाली चलचित्र प्रदर्शन हुँदैछ । पहिलो प्रदर्शनमा चलचित्र वीर विक्रम प्रदर्शन हुन लागेको हो । स्थानिय दिउँसोको ३ बजे बाट बरदुबई, क्यारिफोर सिटीसेण्टरको भोक्स सिन्धगा सिनेमा हल, दुबईकै अलकुजको बलिउड सिनेमा, त्यस्तै आबुधाबीको ग्रान्ड सफिर सिनेमा र आबुधाबीकै मुसाफाको नेसनल सिनेमाहल, युएईकै अलऐन शहरको अलऐन मलको स्टार सिनेमा हल, सारजाहको स्टार सीनेप्लेक्स, अजमानको सिटी सेन्टरको भोक्स, रसअलखेमाको गल्फ सिनेमा र फुजेराहको स्टार दानामा पनि नेपाली चलचित्र वीर विक्रमले प्रदर्शन गर्ने छ ।
कामका लागी खाडी मुलुक आउने नेपाली कामदारको सख्या बढे सँगै दर्शक पछ्याउँदै नेपाली चलचित्रलाई खाडीको बजारमा ल्याइएको हो । कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले युएईको बजारमा नेपाली चलचित्रहरु छक्का पन्जा, गाँठो, झुम्की लगायतका चलचित्र प्रदशन गर्ने तयारी गरेको जनाएको छ ।