नायक राजेश हमाललाई यस बर्षको दशैं निकै विशेष छ । यस बर्ष नयाँ बच्चाको तयारी समेत गर्न लागेका हमालले दशैंको टीका लगाउँदैनन् भन्ने सुन्दा तपाईलाई पत्यार नलाग्न सक्छ तर यो कुरा साचो हो । हमालले दशैंको टीका नै नलगाउने चाहिँ होइनन् उनी दशमीको दिन मात्र टीका लगाउने गर्दैनन् । दशैंको टिकाको दिनमै आमाको निधन भएका कारण नायक राजेश हमालले त्यसको भोलीपल्ट मात्र टिका लगाउने गरेका छन् । टिकाको दिनमा आमाको श्राद्ध पर्ने भएकाले दशमीको भोली पल्ट अर्थात एकादशीको दिन मात्र टीका लगाउने गरेको हमालले बताएका छन् । टीकाको भोलीपल्ट अर्थात एकादशीको दिन नायक हमालले श्रीमती मधु भट्टराईसँगै आफ्ना आफन्तसँग टिका लगाएको तस्बिर सामाजिक संजाल फेसबुकमा पोष्ट गरेका छन् ।