नेपाली चलचित्रमा अहिले नयाँ कलाकारहरु भित्रिरहेको अबस्थामा पुराना कलाकाहरु भने यस क्षत्रेबाट टाढिँदै गएका छन् । अहिलेको अबस्थामा चलचित्रको व्यापार राम्रो नभईरहेको अबस्थामा पुराना तथा नयाँ कलाकारहरु नै यस क्षेत्रमा टिक्ने सम्भावना घट्दै गएको छ । यसरी चलचित्र उद्योगलाई नै असर पुग्ने गरि चलचित्रको व्यापार खस्कदै गइरहेको अबस्थामा अब आउने चलचित्रहरुले दर्शकको मन जित्ने खाल्का चलचित्र निर्माण हुनु पर्नेमा धेरैले विचार राख्दै आएका छन् । यसरी चलचित्रको व्यापार साधुरीदै गए पछि यति बेला नयाँ तथा पुराना कलाकारहरु भने यस क्षेत्रलाई नै छोड्ने सुरमा देखिन्छन् । एक त चलचित्रको व्यापार राम्रो हुनु र निरन्तर नयाँ कलाकारहरु यसक्षेत्रमा व्यापक रुपमा बढ्नुले पनि यस क्षेत्रका प्राय कलाकारहरु अरु नै पेश अंगाल्न बाध्य पनि भइरहेका छन् । यसरी निकै लामो समय देखी चलचित्रहरु काम गर्दै आएका केहि नायकहरु छन् जो यसक्षेत्रबाट टाढै भइरहेका छन् । किनकी अहिले उनीहरुको माग सोचेको भन्दा निकै कम छ । त्यस्तै भिडका केहि कलाकारहरु छन् यो क्षेत्रमा । त्यसै भिडका एक नायक हुन अर्जुन कार्की जो अहिले कहाँ छन् कसैलाई पनि पत्तो छै । झण्डै आधा दर्जन भन्दा बढि चलचित्रमा अभिनय गरिसकेका नायक अर्जुन कार्की नेपालको अग्लो शिखर सगरमाथा आरोहण गरेपछि हाल उनी कस्तो अबस्थामा छन् कसैलाई पत्तो समेत छैन । हाल अर्जुन सगरमाथा आरोहण गर्दा हिउँले उनको खुटा खाए पछि अर्जुनको खुटाका केहि औला नै काट्नु परेको थियो । अब उनी चलचित्रमा नदेखिने मनसायमा रहेका पनि बताइएको छ । त्यस्तै अर्का नायक हुन रमित ढुङ्गाना । जसले नेपाली चलचित्र उद्योगमा केहि बर्ष अगाडी निकै महंगा नायकका रुपमा पनि चिनिदै आएका थिए । केही महिना अगाडी रमितले निर्माण र अभिनय गरेको चलचित्र बुद्ध वर्न इन नेपाल प्रदर्शनमा आएको थियो तर यो चलचित्रले कमालका विजनेश नगरेपछि अहिले उनी चलचित्रक्षेत्रबाट पलायन हुने तयारीमा छन् । हाल रमित विदेशमा व्यापार व्यवसाय गर्दै आएको बताइएको छ । रमितले नेपाली चलचित्र उद्योगमा झण्डै १ दर्जन चलचित्रमा मुख्य भुमिकामा खेलिसकेका छन् । त्यस्तै चलचित्रक्षेत्रका अर्का नायक हुन दिलिप रायमाझी जो केहि बर्ष अगाडी सम्म निकै चर्चित नायकका रुपमा चिनिदै आएका थिए । तर अहिले उनको माग चलचित्रमा निकै नमज्जाले घटेको छ । हाल उनी धेरै बर्ष पछि एउटा नेपाली चलचित्रमा अभिनय गरिरहेका छनन् । उनले पनि झण्डै ६ दर्जन भन्दा बढि चलचित्रमा अभिनय गरिसकेका छन् । त्यस्तै चलचित्र उद्योगका पुराना नायकहरु धेरै छन् जो चलचित्र क्षेत्रलाई नै विर्सने अबस्थामा पुगेका छन् । ति हुन राजबल्लब कोइराला,निरज बराल,राज तिम्लसिना,आयुष रिजाल,भुपेन चन्द जस्ता केहि नायकहरु यसक्षेत्रबाट टाढिदै गएका छन् ।