अमिताभ बच्चनका पहिली प्रेमिका न त जया बच्चन थिइन न त रेखा । त्यसो भए को थिइन त ? उनकी पहिलो प्रेमिका ब्रिटिस कम्पनी आइसीआइमा काम गर्ने महाराष्ट्रकी युवती चन्द्रा (नाम परिवर्तन) थिइन । दुवै जना कलकत्तामा जागिर गर्थे । अमिताभलाई १५ सय र चन्द्रालाई ४ सय तलब मिल्थ्यो ।
अमिताभले ती युवतीसँग विवाह पनि गर्न चाहेका थिए । तर, कुरा नमिलेपछि उनी नोकरी र कलकत्ता छाडेर मुम्बई आए ।
त्यो बेला उनको २६ दिनको तबल पनि काटिएको थियो । पछि ती युवतीले बंगाली फिल्मको फेमस नायकसँग विवाह गरिन् । बताइएअनुसार ती युवतीले अमिताभसम्म विवाहका लागि अस्वीकार गरुन्जेल बंगाली नायकसँग उनको कुनै सम्बन्ध थिएन ।
११ अक्टोबरमा अमिताभले ७४ औं जन्मदिन मनाए । यी ७४ वर्षमा उनका जिन्दगीका धेरै पहेलुहरुका बारेमा निकै लेखिएको छ । तर, ६० को दशकमा उनले नोकरी गरेको कलकत्तामा रहँदाका किस्साहरुमाथि भने काफी कम चर्चा भएको छ ।
अमिताभ ७ वर्ष उक्त रोचक लाइफमा जोडिएका केही तथ्यहरु हालै बलिउड अनलाइन दैनिक भाष्करले सार्वजनिक गरेको छ । उसले त्यतिबेला उनका रुममेट, घरका चौकीदार र उनका नजिककाहरुसँग गरेको कुराकानी आधारमा यो तथ्य बाहिर ल्याएको हो ।
उनीसँग तीन वर्ष सँगै काम गरेका दिनेशकुमार अहिले पनि कलकत्तामा रहन्छन् । दुवैले ३ वर्ष एकै कम्पनीमा काम गरेका थिए । उनले ब्रिटिस कम्पनीका काम गर्ने चन्दा पहिले अमिताभसँग विवाह गर्नका लागि राजी थिइन तर पछि उनले अस्वीकार गरिदिइन । कयौं कोशिसका बाबजुद पनि उनीहरुको कुरा मिलेन् ।
उनी एक समय आफ्नी बहिनीसँग वल्र्ड टुरमा निस्किएकी थिइन । त्यहाँबाट फर्किएपछि अमिताभले चन्द्रालाई विवाह प्रस्ताव राखेका थिए तर उनले मानिनन् ।
अमिताभको १९६८ मा कलकत्तामा नोकरी छाडेपछिको ४८ वर्षपछि उनकी पहिली प्रेमिकासँग जोडिएको यो तथ्य खुलासा भएको हो ।