२ बर्ष अगाडी प्रदर्शनमा आएको स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र ‘कोहिनूर’ को लाइफ टाइम कलेक्शन ११ करोड थियो । श्रीकृष्ण श्रेष्ठलाई श्रदाञ्जली दिन भन्दै चलचित्र कोहिनूर हेर्न दर्शकहरुको भिड हलमा थामिनसक्नुको लागेपछि ‘कोहिनूर’ ले एकदिनमा झण्डै करोडसम्मको पनि विजनेश गरेको थियो । प्रदर्शनमा आएको २ बर्षसम्म यो चलचित्र नै अहिलेसम्म सर्वाधिक विजनेश गर्न सफल चलचित्रको सूचीमा दर्ता भएको थियो तर अब त्यो रेकर्ड भदौं २४ गतेबाट प्रदर्शनमा आएको चलचित्र छक्का पन्जाको तोडेको छ । हाल प्रदर्शनरत चलचित्र ‘छक्का पन्जा’ ले काठमाण्डौमा ७ करोडको व्यापार गरेको छ भने मोफसलमा ५ करोड माथिको व्यापार गरेको वितरकहरुले बताएका छन् । १२ करोड माथिको व्यापार गर्दै नेपाली चलचित्रको इतिहासमा दीपाश्री निरौलाको डेब्यू निर्देशन रहेको चलचित्रले नयाँ रेकर्ड कायम गरेको हो । अझै पनि एक दर्जन बढी सिनेमा घरहरुमा प्रदर्शन भइरहेको चलचित्र छक्का पन्जाले ५१ दिन मनाउने तयारीमा छ । दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र ‘छक्का पन्जा’ सँग अहिले सिनेमा घरहरुमा चलचित्र किस्मत २ ले राम्रै टक्कर दिइरहेको छ ।