बलिउडकी प्रख्यात नायिका काजोल र नायक अजय देवगनलाई बलिउडको सफल विवाहिता जोडी मानिन्छ । विभिन्न भिन्नताहरुका बाबजुद पनि यी दुईलाई एक दोस्रोका लागि पर्फेक्ट मानिन्छ । काजोलले हालै अजय देवगनसँगको विवाहलाई लिएर एक ठूलो खुलासा गरेकी छिन् ।
काजोलकी नजिककी साथी मिकी कन्ट्रेक्टरले अजय देवगन र काजोलको लभ स्टोरीबारे चित पार्ने खुलासा गरेकी हुन् । एक च्याट शोका दौरान मिकीले यी दुईको ‘लभ लाइफ’लाई लिएर कयौं कुराहरुको पर्दा खोलेकी छन् ।
मिकीकाअनुसार उनलाई विश्वास नै थिएन कि काजोल र अजय पनि विवाह गर्न सक्छन् । काजोलले उक्त कारणको खुलासा गरिन्, जसकारण उनले अजयसँग सातफेरा लिएकी थिइन । मिकीले एक च्याट शोका दौरान भनेकी छन् कि पहिलो पटक जब काजोलले मलाई अजय देवगनका बारेमा बताइन त म अचम्मित भएकी थिए । म अजयलाई राम्रोसँग चिन्दिन थें । सायद अहिले म त्यो भन्दा केही राम्रोसँग जान्दछु । मलाई यो कुराको विश्वास भइरहेको थिएन । काजोल र अजय देवगन काफी अलग छन्, मलाई लाग्छ सायद यही कारण उनीहरुले एक दोस्रोलाई मन पराए । तर, मैले कहिल्यै सोचेकी थिइन कि काजोल अजयसँग विवाह गर्छिन् ।
काजोल मान्छिन् कि अजयसँग विवाह गर्ने उनको फैसला सही थियो । उनी भन्छिन् मलाई लाग्छ कि मैले त्यसबेला सही निर्णय लिएकी थिए । मैले ९ वर्षसम्म फिल्ममा काम गरिसकेकी थिए । फिल्म उधोगमा मैले आफूलाई सावित गरिसकेकी थिए । म त्यो बेला वर्षमा चारदेखि पाँच फिल्म गरिरहेकी थिए । म आफ्नो करिअरलाई यसरी नै अगाडि लिन चाहदिन थे ।
यसकारण जब मैले विवाह गरे, त्यसपछि वर्षमा एकमात्र फिल्म गर्ने निर्णय लिए । म खुशी चाहन्थे र आफ्नो परिवारलाई पनि पूरा समय दिन चाहन्थे । यही सबै कुरा थियो, जो म साँच्चै चाहन्थे ।
काजोलले भनेकी छिन् उनी विल्कुल फिल्म ‘कुछ कुछ होता है’ की अन्जलीजस्तै छिन् । उनी अञ्जलीजस्तै टमब्वाई देखिन्छिन् । उनलाई आज पनि थाहा हुँदैंन उनी के पहिरिनेछिन् । अञ्जलीले मेकओभर गरेकी थिइन । यदि तपाईले पुरानी काजोल र विवाहित काजोल हेर्नु भयो भने थाहा पाउनुहुनेछ उनले मेकओभर गरेकी छिन् ।
काजोल र अजयको विवाह भएको १७ वर्ष भइसकेको छ र अहिले दुई सन्तान पनि छन् ।