गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘धौली’ निर्देशन गरेका निर्देशक घनश्याम लामिछानेले नयाँ चलचित्र बनाउने भएका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै बोक्सिको बहानामा महिलालाई दिइने यातनावारे चलचित्र ‘अग्निदहन’ निर्माण गर्न लागेको निर्देशक लामिछानेले जानकारी दिए । समाजका केही समुदायमा रहेको बोक्सी प्रथालाई चिर्न आफ्नो चलचित्र सफल हुने पनि निर्देशक लामिछानेको भनाई रहेको छ । माओत्से गुरुङ, तुलसा जिसी, अनुपमा भण्डारी, प्रमिला तुलाचन, प्रकाश घिमिरे, तारा गुरुङ लगायतले अभिनय गर्ने भएका छन् । लोकमणी पौडेलको पटकथा रहेको चलचित्रको हेटौडावाट सुटिङ सुरु गरिने छ । चलचित्रको धेरैजसो सुटिङ तराई क्षेत्रमा गरिने भएको छ ।