हुन त नौ महिने म्यादी सरकारबाट यस्ता झिना मसिना कुरा आशा गर्नु नै बेकार कुरा हुनसक्छ ।अन्तराष्ट्रियस्तरमा नेपालको शीर उँचो पार्ने काम गरेर फर्किएको दाबी गर्दैछन प्रधानमन्त्री प्रचण्ड । तर उनै प्रचण्डलाई यो देशको सडक र त्यहाँ फालिएको फोहोरको डंगुरले कतिको गिज्याउला ?
यो प्रंसग किन पनि उठेको हो भने अहिले प्रधानमन्त्री प्रचण्ड खानेपानी तथा सरसफाई,विज्ञान प्रविधि,पशुपक्षी,महिला बालबालिका तथा समाजकल्याण सहित मन्त्रालयका विभागीय मन्त्री समेत हुन ।
खानेपानी तथा सरपफाई मन्त्रालय उनकै मातहतमा रहेका कारण पनि यो प्रश्न उठेको हो ।
राजधानीको सडकमा यसरी फोहोर थुप्रिएको छ कि सडकमा हिड्ने नागरिकहरु नाक थुनेर हिड्न विवश छन । नागरिक र विदेशी पर्यटक । यतिबिघ्न अव्यवस्था विश्वका कुनै पनि मुलुकमा हुन्न । जिम्मेवार निकाय र नेताहरुको गैरजिम्मेवारी पनि यस्तो त कुनै मुलुकमा पनि देखिन्न ।
दशैं भर्खर सकियो, तिहारले छोपिसक्यो । राजधानी सफा गर्ने जिम्मेवारी पाएको काठमाडौं महानगरले सफाइमा ध्यान दिन सकेकोछैन । नेताहरुको चाकरी गरेको भरमा जागिर पकाउँदै आएका महानगरपालिकाका नोकरशाहहरुको ध्यान समेतच यता जान सकेको छैन ।
अधिंकाश रोग व्याधिहरु यस्तै फोहोरमैलाका कारण लाग्ने गर्दछ । यद्यपि समयमै फोहोर मैला हटाउन तर्फ कसैको ध्यान गएको देखिदैन ।
स्वयं प्रधानमन्त्री खानेपानी तथा सरसफाइ मन्त्री छन् । उनले न पानी बितरण गर्न सकेका छन, न सरसफाइमै ध्यान दिन भ्याएका छन् । उनलाई विदेश भ्रमण र विदेशी नेताको पछि लाग्दैमा फुर्सद छैन ।प्रधानमन्त्री प्रचण्ड ब्रिक्स सम्मेलनमा भाग लिएर हिजै मात्र स्वदेश फर्किएका छन ।
विक्स्रको नेपाल आफैं सदस्य राष्ट्र भने होइन । यस्तो सम्मेलनमा नेपालको प्रधानमन्त्रीले भाग लिन त्यता पुग्नु नै गलत भएको राजनीतिक वृत्तमा टिका टिप्पणी समेत हुन थालेका छन । –एस काठमाडौं