नेपालमा गाडी, टिभी, सिमेन्ट, घर लगायतका अन्य महंगा वस्तुहरु किन्दा विभिन्न उपहारका योजनाहरु हुने गर्छन । अझ नेपालीहरुको महानचार्ड पर्वहरुमा त यस्ता योजनाहरुको बाढी नै लाग्ने गर्छ । आफ्नो ब्राण्ड प्रति जनताको झुकाब बढी होस भन्ने हेतुले निर्माण कम्पनीहरुले यस्ता स्किम बेला बखतमा ल्याइरहेका हुन्छन् । यस्तो काममा नेपाली चलचित्रका निर्माताहरु झन पछाडी पर्ने त कुरै भएन् ।
अहिले नेपाली फिल्ममा पनि विभिन्न उपहार र अफरहरुको होड राम्रै चलेको देख्न सकिन्छ । फिल्मको पव्लिसिटीमा दौडिरहँदा नेपाली निर्माताहरुले दर्शकहरुलाई हलसम्म तान्नका लागि स्कुटर देखी पैसा उपहार लगायतका धेरै स्किमहरु सार्वजनिक गरिरहेका हुन्छन् । त्यही क्रममा कार्तिक २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म जात्राले पनि आफ्नो प्रचार प्रसारलाई आक्रामक बनाउँदै गर्दा दर्शकहरुका लागि विभिन्न अफरहरु ल्याएको छ ।
सामाजिक सञ्जालका दर्शकलाई लक्षित गर्दै फिल्म जात्राले ‘हजार समाऔँ, लाख कमाऔँ’ अफर सार्वजनिक गरेको हो । फिल्म जात्राको फेसबुक पेज लाइक गरेर दर्शकले अफर लिन सक्नेछन् । जात्रा फिल्मको अफिसियल पेजमा रहेको छोटो भिडियोबाट क्लिक गरेर हजारको नोट समाएर यो अफरमा सहभागि हुन सकिने निर्देशक प्रदिप भट्टराईले जानकारी दिएका छन् । उपहार जित्नलाई हजारको नोट समाएर सोहि भिडियोको कमेन्टमा स्क्रीनसट पोस्ट गर्नुका साथै उक्त भिडियो फेसबुकमा सेयर समेत गर्नु पर्नेछ ।
यसरी हजार समाउनेमध्येबाट हप्ताको एक जनालाई जात्राको कलाकारसँग डेटिङको व्यवस्था गरिने बताइएको छ । फिल्म प्रर्दशन हुन तीन साता बाँकी रहेकाले पहिलो हप्ताको विजेताले नायिका वर्षा राउतसँग डेटिङ जान पाउने छन् भने दोश्रो हप्ता प्रेक्षा बज्राचार्यसँग र तेश्रो हप्ता विपीन कार्की (भस्मे) र रविन्द्र सिंह बानीया (हनुमान) सँग भेट्ने अफर गरिएको छ ।
योसँगै कात्तिक २४ गते हुने प्रिमियरमा हजारको नोट समाएर पोस्ट सेयर गर्ने पाँच जना दर्शकलाई बम्पर उपहार प्रदान गर्ने जात्रा टोलीको योजना छ । जसमध्ये एकजनालाई स्मार्ट फोन, एक जोडीलाई पोखरा र अर्को एक जोडीलाई सौराहाको दुई रात तीन दिनको टुर प्याकेज दिइने जात्रा फिल्मका निर्माता रबिन्द्र सिंह बानियाले बताएका छन् ।
यस्तै, एक जनालाई फिल्ममा मुख्य कलाकार विपीन कार्कीले प्रयोग गरेको इलेक्ट्रोनिक स्कुटर उपहारस्वरुप प्रदान गरिनेछ भने अन्य पाँच जनालाई प्रिमीयरमा जात्रा हेर्ने टिकट प्रदान गरिनेछ ।
राजधानीबाट टाढा रहेका दर्शकले कलाकार भेट्ने अफर प्राप्त गरेमा भिडियो च्याट वा फोनबाट भएपनि कुराकानी गराउने फिल्म निर्माण टोलीको योजना छ । कात्तिक २६ गतेदेखि प्रर्दशनमा आउन लागेको चलचित्र जात्राले दर्शकका लागि विभिन्न अफर सार्वजनिक गरेको छ । सामाजिक सञ्जालका दर्शकलाई लक्षित गर्दै जात्राले हजार समाऔँ, लाख कमाऔँ अफर सार्वजनिक गरेको हो ।
जात्रा नेपाली फिल्मको फेसबुक पेज लाइक गरेर दर्शकले अफर लिन सक्नेछन् । जात्रा फिल्मको अफिसियल पेजमा रहेको छोटो भिडियोबाट क्लिक गरेर हजारको नोट समाएर यो अफरमा सहभागि हुन सकिने निर्देशक प्रदिप भट्टराईले जानकारी दिए । उपहार जित्नलाई हजारको नोट समाएर सोहि भिडियोको कमेन्टमा स्क्रीनसट पोस्ट गर्नुका साथै उक्त भिडियो फेसबुकमा सेयर समेत गर्नु पर्नेछ ।
यसरी हजार समाउनेमध्येबाट हप्ताको एक जनालाई जात्राको कलाकारसँग डेटिङको व्यवस्था गरिने बताइएको छ । पहिलो हप्ताको विजेताले नायिका वर्षा राउतसँग डेटिङ जान पाउने छन् भने दोश्रो हप्ता प्रेक्षा बज्राचार्यसँग र तेश्रो हप्ता विपीन कार्की (भस्मे) र रविन्द्र सिंह बानीया (हनुमान) सँग भेट्ने अफर गरिएको छ ।
योसँगै कात्तिक २४ गते हुने प्रिमियरमा हजारको नोट समाएर पोस्ट सेयर गर्ने पाँच जना दर्शकलाई बम्पर उपहार प्रदान गर्ने जात्रा टोलीको योजना छ । जसमध्ये एकजनालाई स्मार्ट फोन, एक जोडीलाई पोखरा र अर्को एक जोडीलाई सौराहाको दुई रात तीन दिनको टुर प्याकेज दिइने जात्रा फिल्मका निर्माता रबिन्द्र सिंह बानियाले बताएका छन् ।
यस्तै, एक जनालाई फिल्ममा मुख्य कलाकार विपीन कार्कीले प्रयोग गरेको इलेक्ट्रोनिक स्कुटर उपहारस्वरुप प्रदान गरिनेछ भने अन्य पाँच जनालाई प्रिमीयरमा जात्रा हेर्ने टिकट प्रदान गरिनेछ ।
राजधानीबाट टाढा रहेका दर्शकले कलाकार भेट्ने अफर प्राप्त गरेमा भिडियो च्याट वा फोनबाट भएपनि कुराकानी गराउने फिल्म निर्माण टोलीको योजना छ ।