कुनै व्यक्ति मरेको ७ बर्षपछि पनि ५,५२३ करोड कमाइरहेको होस, त्यसलाई तपाई के भन्नुहुन्छ ? अँ हो, यदी उक्त व्यक्ति किंग अफ पप माइकल ज्याक्सन हुन् भने त्यो सम्भब छ ।
फोर्ब्स म्यागजीनको वार्षिक मृतक सेलेब्रिटी लिस्टका अनुसार माइकल ज्याक्सनले १२ महिनामा रिकार्ड ब्रेकिंग ८२.५ करोड डलर (५,५२३ करोड रुपैयाँ) कमाई गरेका छन् । यसमा सोनी/ATV म्युजिक पब्लिशिंग कैटालगमा माइकल ज्याक्सनको शेयर बेचेको कमाई पनि जोडिएको छ ।
माइकल ज्याक्सनको निधन २००९ मा भएको थियो । तब देखी उनी सिर्फ २०१२ लाई छोडेर हरेक बर्ष कमाईको मामिलामा मृतक सेलेब्रिटी लिस्टमा पहिलो स्थान ओगटेर बसिरहेका छन् ।
मृतक सेलेब्रिटीको ताजा लिस्टको दोस्रो स्थानमा पीनट्सका रचयिता र कार्टूनिस्ट चार्ल्स एम शुल्ज छन् । तर उनको र माइकल ज्याक्सनको कमाईमा धेरैले अन्तर रहेको छ । तेस्रो स्थानमा भने गोल्फ लीजेन्ड आर्नल्ड पालमेर रहेका छन् ।