नायिका करिश्मा मानन्धरलाई हरितारा चलचित्र पुरस्कार प्रदान गरिने भएको छ । मंगलबार बसेको हरितारा चलचित्र पुरस्कार कार्यसमिती बैठकले अभिनेत्री करिश्मा मानन्धर हरितारा पुरस्कार दिने निर्णय गरेको हो ।
अढाइदशक भन्दा बढी समयदेखि नेपाली चलचित्र क्षेत्रको संरक्षण सम्वर्द्धनमा योगदान पुर्याए वापत करिश्मालाई २०७१ सालको हरितारा पुरस्कार प्रदान गरिएको सदस्य सचिब मोहन निरौलाले बताए ।
पुरस्कार राशी पच्चिस हजार रुपैयाँको रहेको छ । विस २०५२ सालमा समाजसेवी विजया राणाले स्थापना गरेको हरितारा चलचित्र पुरस्कारको संरक्षक समाजसेवी स्व. विजया राणाका छोरा मनोज सम्सेर जवरा रहेका छन् ।
बैठक संरक्षक मनोज सम्सेर जवराको अध्यक्षतामा बसेको थियो । पुरस्कार मंसिरको दोश्रो हप्तामा विशेष समारोह आयोजना गरि प्रदान गरिने छ ।