ओम पुरी हिजोबाट ६६ बर्षका भएका छन् । अभिनय र बोल्ड आवाजले बलीउड फिल्म उद्योगमा फरक छाप छोडेका ओम पुरीको हलीउडमा समेत अभिनयको चर्चा हुन्छ ।
भारतको अम्बाला नगरमा १८ अक्टूबर १९५० मा जन्मिएका ओम पुरीले आफ्नो जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा पछिल्लो समय आफुलाई कामको चाप कम हुँदै गएको बताएका छन् । अमिताभ बच्चनले धेरै काम गरेकाले आफ्नो काम थोरै भएको उनको भनाई थियो । उनले भने ‘अमिताभले अलिकति काम घटाउने हो भने नसर (नसरुद्दिन शाह), अनुपम खेर र मलाई फाईदा हुन्थ्यो ।’
बढ्दो उमेरमा पनि अमिताभको सक्रियताको उनले तारिफ गरे । ‘अमिताभ कमालका मान्छे हुन् असाध्यै अनुशासित छन्’ उनले भने ।
पूर्णेमा रहेको फिल्म एण्ड टेलिभिजन इन्ष्िटच्युट अफ इण्डियावाट अभिनयमा स्नातक गरेका छन् उनले । सन १९७६ मा मराठी फिल्म ‘घासीराम केतवाल’वाट उनी फिल्ममा प्रवेश गरेका थिए ।