अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घटना प्रकरण चलिरहदा सभामुख ओनसरी घर्ती मगरले महाअभियोग समिति गठन गर्ने भएकी छिन् ।
आज बुधबार दिउँसो २ बजे उनले संसदको बैंठकको आयोजना लागेकी हुन् । यससँगै, प्रधानमन्त्री प्रचण्डको मन्तव्यसहित आज संसद भवनमा दुइवटा बैंठक सभा चल्ने भएको । प्रतिपक्षी दल एमालेले ब्रिक्स सम्मेलनको बेला भएको त्रिपक्षीय भेट रहस्यमय भन्दै त्यसबारे जानकारी गराउँन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेसँगै उनले आज संसदमा उक्त त्रिपक्षीय भेटबारे जानकारी गराउने भएका हुन् ।
अहिले कार्की घटना प्रकरणको चर्काे बहस हुँदै गर्दा सभामुख घर्तीले यस विषय अघि बढाउनुलाई गम्भीरताकासाथ हेरिएको छ । संविधानको धारा १०१ मा महाभियोग सम्बन्धी व्यवस्था छ जसमा राष्ट्रपति र उपराष्ट्रपतिसहित सर्वोच्चका प्रधानन्यायाधीश, न्यायाधीश र संवैधानिक अंगका प्रमुखहरुलाई महाभियोग लगाएर हटाउने प्रस्ताव संसदबाट दुई तिहाईले पास हुनुपर्ने व्यवस्था रहेका छ ।
तर गजब्बको विषय के छ भने यो समितिले राष्ट्रपति र उपराष्ट्रपतिको महाअभियोगको आधार र कारणबारे छानबिन गर्न भने पाउने छैन।
महाअभियोग समितिमा कांग्रेस र एमालेबाट चार चार जना, माओवादीबाट २ जना सदस्य रहने गरी महाभियोग समिति बनाउन लागिएको राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले जानकारी गराएका छन् । तर अन्य दललाई उक्त समूहमा एक जनाको मात्रै कोटा निर्धारण गरिएको भन्दै त्यसप्रति उनले विरोध जनाएका छन् ।
यता,स्रोतले बताएअनुसार एमाले र माओवादीले समितिमा रहने सदस्यको नामावली समेत सभामुखलाई बुझाइसकेको । तर कांग्रेसले भने अझै समितिमा रहने सदस्यको नाम टुङ्गो लगाएको छैन। –एस काठमाडौं