‘एक था टाइगर’ र ‘बजरंगी भाइजान’ जस्ता सुपरहिट चलचित्र निर्देशन गरेका निर्देशक कबिर खान र सुपरस्टार सलमान खानबीच खटपट परेको छ । ‘एक था टाइगर’ र ‘बजरंगी भाइजान’ पछि हाल कबिरको निर्देशनमा बन्दै गरेको चलचित्र ‘ट्यूबलाइट’ को छायाँकनमा व्यस्त सलमान र कबिरबीच चलचित्रको सिर्जनात्मक पाटोलाई लिएर खटपट भएको बताइएको छ । उक्त पाटोका कारण दुबैजनाले भविष्यमा एकअर्कासँग एकसाथ काम नगर्ने निर्णयमा पुगेका छन्।
कबिरले भने यस खबरको खण्डन गरेका छन्। उनीहरू निकट साथीहरूले यस्तो ‘बजरंगी भाइजान’ को सुटिङका समयमा पनि आएको तर पछि सबै मिलेको जनाएका छन्।