प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ सँग अहिलेसम्म अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने बारे छलफल नै भएको छैंन ।
प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटघाट भयो तर महाभियोगको विषयमा केही कुराकानी भएन । अरु नै विषयमा कुराकानी भएको हो ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग कुरा गर्नेे विषयमा कुरै गरेका छैंनन् ।
‘यस्ता विषयमा व्यक्तिगत धारणा बनाउनु उचित हुदैन । मेरा धारणा मसँगै सुरक्षित छन् । संसदीय दलको बैठक बसेकै छैन, केन्द्रीय समितिको बैठक जारी छ । बैठकबाट संस्थागत धारणा बनाउँछु ।’
अहिलेसम्म महाभियोग प्रस्तावबारे सत्ता साझेदार दलसँग कुनै कुराकानी नै भएको छैंन । बिहान ११ बजेको संसद बैठक ढिला सुरु हुन वा सर्न पनि सक्छ कुनै टुङगो छैन । -एस काठमाडौं