नायक राजेश हमाल पछिल्लो समय चलचित्रमा भन्दा पनि साँस्कृतिक कार्यक्रम देखी विदेश भ्रमणमा नै बढी जसो देखिने गर्छन । लगातार आफु अभिनित चलचित्रहरु असफल हुँदै गएपछि अहिले उनी कुनै पनि चलचित्रको छायाँकनमा व्यस्त छैनन् । केही महिना अगाडी अमेरिकासँगै भारत भ्रमण गरेर फर्किएका हमाल एनएमबी बैंकको ब्राण्ड एम्बेसडर भएपछि अहिले यसैको प्रचार प्रसारमा दौडिरहेका छन् । शुक्रबारदेखि कैलालीको धनगढीमा सुरु भएको गोदावरी एक्स्पो २०१६, नेपाल भारत साँस्कृतीक पर्यटन, ब्यापार मेलामा सहभागी हुन शनिबार धनगढी पुगेका हमालले थारु गीतमा ‘छम-छम’ नाचेका छन् ।
उनले आफ्नो आधिकारीक फेसबुक पेजमा केही तस्बिरहरु अपलोड गर्दै ‘पश्चिम नेपाल थारु नृत्य । साँझ थारु संस्कृतिमा रमाइलो गरियो’ भन्दै स्टाटस लेखेका छन् । तस्बिरमा हमाल मादल बजाउँदै थारु समुदायका यूवतीहरुसँग नाच्दै गरेको देखिएका छन् । उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘शकुन्तला’ गएको भदौ महिनामा प्रदर्शनमा आएको थियो तर यो चलचित्रले पनि खासै सुखद व्यापार गर्न भने सकेको थिएन् ।