भारतीय क्रिकेटर एवम् कप्तान महेन्द्र सिंह धोनीको जीवनीमा आधारित बायोपिक ‘एम एस धोनी : द अनटोल्ड स्टोरी’ यस वर्ष सर्वाधिक कमाइ गर्ने दोस्रो बलिउड फिल्म बनेको छ।
सुशान्त सिंह स्टारर फिल्मले घरेलु बक्सअफिसमा २०० करोड भारूको आँकडाको अत्यन्त नजिक पुगेपछि सर्वाधिक कमाइ गर्ने दोस्रो फिल्म बनेको हो। फिल्म ‘एयर लिफ्ट’ लाई पछाडी पार्दै दोस्रो स्थानमा कब्जा जमाएको हो।
३० सेप्टेम्बरमा रिलिज भएको नीरज पान्डे निर्देशित फिल्मले समिक्षकबाट पनि राम्रो तारिफ बटुलेको छ। विश्वव्यापी रूपमा ५८४ करोड भारू कमाउँदै सलमान खानको फिल्म ‘सुल्तान’ सर्वाधिक कमाइ गर्ने फिल्मको पहिलो नम्बरमा रहेको छ।