कालिका एफ.एम. र टिभि कालिकाको बार्षिकोत्सवको अवसरमा गरिएको ‘१२ औं यामहा कालिका म्यूजिक अवार्ड’ मा गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘वडा नम्बर ६’ मा समाबेश ‘सुर्के थैली खै’ बोलको गीतले यस वर्षको ‘बेस्ट सङ्ग अफ दि ईयर’ को अवार्ड हात पारेको छ । योसँगै नेपाली चलचित्र गीत गायन महिलातर्फ ‘सुर्कै थैली’ बाटै अन्जु पन्त, शब्द राजनराज शिवाकोटी र सर्वोत्कृष्ट संगीत संयोजन राजन ईशानले प्राप्त गरेका छन् ।
यस्तै नेपाली चलचित्रको गीततर्फ गायन पुरुषमा युवराज चौलागाई, संगीतमा बसन्त सापकोटाले अवार्ड प्राप्त गर्न सफल भएका छन् ।
सर्वोत्कृष्ट म्युजिक भिडियो तर्फको अवार्ड ‘प्रदेशी नभन’ गीतबाट निकेश खड्काले प्राप्त गरेका छन् । यस्तै सर्वोत्कृष्ट युगल गीतमा सरोज ओली र ईन्दिरा जोशीले अवार्ड प्राप्त गरे । यस्तै स्थानिय कलाकारतर्फ सर्वोत्कृष्ट स्थानिय लोक दोहोरी कलाकारमा विशाल पौडेल, स्थानिय कलाकारमा प्रविण भण्डारी, नव प्रवेशी कलाकार लक्ष्मी नेपालीले कालिका म्युजिक अवार्ड प्राप्त गर्न सफल भएका छन् । यस्तै सर्वोत्कृष्ट लोेक दोहोरी पुरुषमा रामजी खाँड, महिला राधिका हमाल, लय संकलन रामजी खाँड र लोक दोहोरी शब्दमा विरही कार्कीले अवार्ड प्राप्त गर्न सफल हुँदा सर्वोत्कृष्ट आधुनिक गीत गायन पुरुषमा रामकृष्ण ढकाल, आधुनिक गीत गायन महिलामा रजिना रिमाल, आधुनिक गीत संगीतमा राजकुमार बगर र शब्दमा दिलिप पियाले अवार्ड प्राप्त गरे ।
यस्तै यस वर्षको पप गीततर्फ पुरुषमा भरत सिटौला, महिला ईन्दिरा जोशी, शब्द रोशन भटट्राई , पप गीत संगीतमा शंकर स्माईल, सर्वोत्कृष्ट ब्याण्डमा दि ऐज ब्याण्डले अवार्ड हात पारेको हो । यस्तै सर्वोत्कृष्ट स्वदेश गान शिव परियार र धन्सीमाधव धिमिरेले प्राप्त गरे भने सर्वोत्कृष्ट गजलमा अजर जंगम र भुपेन्द्र महतले अवार्ड कब्जा गरेका छन् ।