हालै जोन अब्राहम र सोनाक्षी सिन्हाको फिल्म ‘फोर्स—२’ को टाइटल गीत ‘रंग लाल’ रिलिज भयो । यो गीत शहीदमाथि बनेको हो । खास कुरा के भने यसमा जोन अब्राहमले आफ्नो श्वर दिएका छन् ।
जोनले भने, ‘गीतमा केही ठाउँमा भ्वाइओभर छ, निर्देशन अभिनव देवले सल्लाह दिए कि म आफ्नो आवाजमै गरु । गीतको बोलमा यति गहिरो भावना छ कि जति पटक सुन्छु, मेरो आँखामा आँशु आउँछ ।’
यस गीतलाई सुनेर सुटिङमा कयौं बार जोनको आँखामा आँशु आइसकेको छ । गीतलाई फोर्स २ को एन्थम बताउँदैं देवले भने,‘यो गीतमा हामीले ३ मिनेट समयमा फोर्सको मतलब सम्झाउने कोशिश गरेका छौं ।’