कहिले कलाकारलाई आफुले अभिनय गरेको एउटा पनि चलचित्र प्रदर्शनमा नआएर तनाब तर कहिले काही आफुले अभिनय गरेको चलचित्र एकै महिनामा एकभन्दा बढी आउँदा पनि कलाकारलाई तनाब स्थिती सृजना भएको देख्न सकिन्छ । केही दिन अगाडीसम्म अभिनेत्री मलिना जोशीलाई पनि यस्तै भएको थियो । भदौ महिनामा मलिनाका दुई फिल्म रिलिज हुने पक्का थियो तर उनको दुवै चलचित्रले आफ्नो रिलिज मिति सारेका छन् । भदौ ९ गतेलाई ‘झुम्की’ले रिलिज मिति तोकेको थियो भने भदौ ९ कै अर्को साता मलिनाले अभिनय गरेको अर्को चलचित्र ‘द विनर’ प्रदर्शनमा आउने पक्का पक्की थियो तर यि दुवै चलचित्रले रिलिज मिति पोष्ट पोन्ड गरेका छन् । यि दुवै चलचित्र एकै महिना रिलिज नहुने भएपछि मलिनालाई भने राहत पुगेको छ । अहिले यि दुवै चलचित्रले अर्को रिलिज मिति सार्वजनिक गरेका छैनन् ।