तपाईले बलीउड चलचित्र ‘वान्टेड’ हेर्नुभयो त्यो चलचित्र प्रदर्शनमा आएको ७ बर्ष भइसकेको छ । जसमा सलमान खानको प्रमुख भुमिका थियो भने चलचित्रलाई भारतका चर्चित कोरियोग्राफर प्रभुदेवाले निर्देशन गरेका थियो । यो चलचित्रले सलमान र प्रभुदेवालाई राम्रै उचाईमा ल्याउन सफल भएको थियो । यो जोडी फेरी ७ बर्षपछि सँगै देखिने सुरसारमा रहेको भारतीय मिडियाहरुले बताएका छन् । प्रभुदेवाले हालै सलमान खानलाई वान्टेड भन्दा पनि राम्रो स्क्रिप्ट सुनाएका छन् । सलमान खानले प्रभुदेवालाई केही बर्ष कुर्न आग्रह गरेको भारतीय मिडियाहरुले बताएका छन् । सोही क्रममा पत्रकारहरुसँगको एक भेटमा प्रभुदेवाले भने -‘जब तपाईं सलमासँग काम गर्नुहुन्छ तपाई काम गर्नका लागि मात्र गर्न सक्नुहुन्न। अथवा डेट पाइयो भनेर मात्रै पनि गर्न सक्नुहुन्न। ‘वान्टेड’ मेरा फिल्मीयात्राको महत्वपूर्ण फिल्म थियो। यसले मेरो बलिउडमा कोशेढुंगाको काम गर्यो। त्यो सलमान सरका लागि पनि महत्वपूर्ण फिल्म थियो ।’ चाँडै सलमान चलचित्र ‘ट्यूबलाइट’को काममा व्यस्त हुँदैछन् भने प्रभुदेवाले चलचित्र ‘अभिनेत्री’ निर्देशन गर्दैछन् ।