बलीउडस्टार अक्षय कुमारसँग विवाहपछि अभिनय क्षेत्रबाट टाढिएकी अभिनेत्री ट्विङ्कल खन्नाले विभिन्न टाइम्सअफ इन्डिया र डेली न्युज एण्ड एनलाइसिसका लागि लेख्न भने छाडेकी छैनन् । खन्नाले २०१५ अगस्टमा आफ्नै किताब ‘मिसेस फन्नी बोन्स’ सार्वजनिक गरेकी थिइन् । अहिले पनि सोही गैर आख्यान किताबको नाम उनको ट्विटर ह्यान्डल रहेको छ। अब भने उनि आफ्नो दोस्रो किताब सार्वजनिक गर्ने तयारीमा छिन्। ‘द लिजेन्ड अफ लक्ष्मी प्रसाद’ नाम दिइएको सो किताब बारे उनले ट्विटर मार्फत नै जानकारी दिएकी थिइन्। ट्विटमा उनले लेखेकी छिन्, ‘मेरो नयाँ कथा संग्रहले सबैलाई धेरै हँसाउन र थोरै रुवाउँछ भन्ने आशा छ।’