‘बाहुबली : द कन्क्लूजन’ का फर्स्ट लुक गएको शनिवार रिलिज भयो । फिल्मको शुटिङ्गलाई लिएर अहिले धेरै कुराहरु विस्तारै बाहिर आइरहेका छन् । यो फिल्म २०१५ मा रिलिज भएको ‘बाहुबली : द बिगनिंग’ को सीक्वल हो ।
डायरेक्टर एस.एस.राजामौलीको यो फिल्मको पहिलो पार्टले भारतीय बक्सअफिसमा ५०० करोड भन्दा बढीको विजनेश गरेको थियो । फिल्मको ग्राफिक्स, सेट्स, कन्सेप्ट, कहानी र भुमिकालाई दर्शकहरुले निकै रुचाए ।
‘बाहुबली’ को पहिलो पार्टको केही Behind-The-Scenes फोटोहरु आज हामी तपाईहरुलाई देखाउँदैछौ । यसमा शूटिंगको दौरान प्रभास (शिवुडूरबाहुबली), तमन्ना भाटिया (अवंतिका), राणा दग्गुबती (भलाल देव), देवसेना (अनुष्का शेट्टी), सथ्यराज (कट्टपा) समेत बाँकी स्टार्स सेटमा प्रैक्टिस, स्टन्ट्स तथा क्वालिटी टाइम स्पेन्ड गरिरहेको देख्न सकिन्छ ।