पौष २९ बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कारखाना’को फस्टलुक रिलिज गरिएको छ । चलचित्रको फस्टलुकमा मुख्य कलाकार सुशिल श्रेष्ठ र बर्षा सिवाकोटी मात्र देखिएका छन् । अमरदिप सापकोटाको कथा तथा निर्देशन रहेको यो चलचित्रलाई सुदिप खड्का र अमर बज्रचार्यले निर्माण गरेका हुन् ।
चलचित्रमा मौसमी मल्ल, नविन लम्साल, जेविका कार्की, विकास उप्रेती, सुपी थापा लगायतका कलाकारको पनि अभिनय छ ।
चलचित्रमा हर्कुलेस बस्नेत, अनिल शाही र कल्याण सिंहको संगीत, नवराज उप्रेतीको छायांकन, अमरदिप सापकोटा, दयाराम दाहाल र सुशिल पोखरेलको पटकथा तथा संवाद, चन्द्र पन्तको एक्सन, कविराज गहतराजको कोरियोग्राफी छ ।