बलिउडका नायक शाहिद कपुरले आफू छोरी मिशाका लागि सबैं राम्रा चीज चाहने बताएका छन् । उनले आफ्नी छोरीले आफूमाथि गर्व गरोस भन्ने इच्छा रहेको समेत बताए ।
शाहिदले भने, ‘म मान्छु कि मेरो यस भावनालाई एक पिता जरुर सम्झनेछ । यसबाट काफी तागत मिल्छ । म यसैकारण बलियो महसुस गर्छु, किनभने म मिशाका लागि लड्न चाहन्छु र उसका लागि हर राम्रा कुराहरु गर्न चाहन्छु । म हरेक दिन राम्रो बन्न चाहन्छु ताकि मेरी छोरीको ममाथि गर्व होस् ।’
शाहिदकी पत्नी मीराले २६ अगष्ट २०१६ को साँझ छोरी जन्माएकी छन् । अहिले शाहिद पिता हुनुको आनन्द लिइरहेका छन् ।