एक समय चलचित्रको पर्दामा उत्तेजक दृश्य दिएर बारम्बार चर्चामा आइरहने बलीउड अभिनेत्री नगरिस फक्री अहिले भारतमा छैनन् । प्रेमी उदय चोपडासँग ब्रेकअप भएपछि बलीउड नै छोडेकी नरगिस अहिले फुर्सदको जिन्दगी विताइरहेकी छिन् । बलीउडबाट टाढा रहेपनि उनी कहिले काही भने चर्चामा आइरहेकी हुन्छिन् । कारण हो, उनले सामाजिक सञ्जालमा पोष्ट गर्ने हट तस्बिरहरु । हाल ग्रीसमा छुट्टी मनाइरहेकी नगरिसले केही हट तस्बिरहरु इन्स्टाग्राममा पोष्ट गरेकी छिन् जुन अहिले निकै भाइरल बनिरहेको छ । ग्रीसमा छुट्टी मनाइरहँदा उनले विकिनीमा मासु पोल्दै गरेको देखी पौडिदै गरेका तस्बिरहरु छन् । अहिले सामाजिक सञ्जालमा भने नगरिसले विकिनीमा मासु पोल्दै गरेको तस्बिर राम्रै भाइरल बनेको छ । एक हात कम्मरमा राखेर नगरिसले अर्को हातले मासु पोल्दै गरेकी छिन् ।