बलीउडकी ए-लिस्टर एक्ट्रेसेसमा सामेल भएकी रवीना टण्डन २६ अक्टूबर अर्थात आजबाट ४२ बर्षमा लागेकी छिन् । २६ अक्टूबर, १९७४ मा मुम्बईमा जन्मिएकी रवीना हाल मुम्बईको बान्द्रामा रहँदै आएकी छिन् ।
त्यहाँ उनको र उनका श्रीमान अनिल थडाणीको निकै आलिशान घर छ । त्यस घरको नाम हो ‘नीलया’ । उनको यस घरको इन्टीरियरमा केही खास कुराहरु छन् । सपनाको उक्त घर सजाउनका लागि धेरै जसो चीज रवीना आफैले किनेकी हुन् ।
रवीनाको घर को भित्र पुग्यो भने चारैैतर्फ हरियाली देख्न सकिन्छ । आउटडोरको कुरा गर्ने हो भने कालो, रातो र ग्रे पत्थरबाट सजाइएको छ । रवीना कूल एण्ड काम छिन् र यो कुरा उनको घरमा पनि देख्न सकिन्छ ।
रवीनाका अनुसार, ‘मेरो घरमा यदी तपाई साथमा बस्नु भयो भने केही पलमा नै तपाईलाई पंक्षिको गाना सुन्न पाउनु हुन्छ । म सधै महशुश गर्थे कि जब म विहान आँखा खोलुँ तब चारैतर्फ हरियाली देखँ र घरको खिडकी खोल्दा फूलहरु देख्न सकुँ ।’ रवीना केही बर्ष देखी बलीउड चलचित्रबाट टाढा छिन् ।