केही महिना अगाडीदेखी नायक सौगात मल्ल मोडल सोनी केसीसँगको अफयेरमा रहेको हल्ला बजारमा खुबै छ । प्राय जसो भेटघाट भइरहने, सोनीले आफ्नो फेसबुकमा सौगातका लागि स्टाटस लेखिरहने, आफ्नो जन्मदिनको केकमा समेत सौगात र आफ्नो फोटो राख्ने लगायतका घटनाहरुले सौगात र सोनी प्रेम सम्बन्धमा रहेको स्पष्ट पार्दै आइरहेको थियो । यो विषयमा सौगातले मुख नखोलेका होइनन्, उनले सोनी आफ्नो फ्यान रहेको भन्दै अफयेरको कुरालाई घुमाउन खोज्थे तर सोनीको फेसबुक अपडेटले उनीहरु अफयेरमा रहेको कुरालाई झन स्पष्ट पार्दै आइरहेको थियो । यही बीच केही दिन अगाडी देखी गाइँगुइँ हल्ला चल्यो कि सौगात मल्ल अभिनेत्री सृष्टि श्रेष्ठसँगको अफयेरमा छन् । त्यसपछि सोनीले आफ्नो फेसबुकमा सम्बन्धमा दरार आएका जस्ता स्टाटसहरु पोस्ट गर्न थालिन् । उनलाई सायद यो थाहा भइसकेको थियो कि सौगात अभिनेत्री सृष्टिसँग नजिक हुँदैछन् र आफुसँग टाढाको सम्बन्ध बनाइरहेका छन् ।
यतिसम्मकी गएको महिना सौगात मल्ल र सृष्टि श्रेष्ठ एकसाथ काठमाडौंको कुमारी हलमा फिल्म हेर्न गएको तस्बिरसहित समाचारहरु प्रकाशन भए । त्यसपछि झन सोनी बेचैनी हुनु स्वभाविकै थियो । सौगात मल्ल गाजलु हिरोइन सृष्टि श्रेष्ठसँग नजिक हुन थालेपछि सोनीले आफ्नो फेसबुकमा एक दमदार स्टाटस कोरेकी थिइन् । उनको स्टाटस हेरेपछि यो कुराको सजिलै पुष्टि हुन्थ्यो कि सौगात र सोनीबिच ब्रेकअप भइसक्यो ।
तर फेरी सोनीले फेसबुकमा सौगात र आफ्नो फोटो पोष्ट गर्दै एक स्टाटस पोष्ट गरेकी छन् । जहाँ उनले आफुले पाएको स्थानमा अरु कोही यूवतीलाई पुग्ने मौका नदिन आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्,
‘म तिमीलाई कहिल्यै भन्दिन कि
म बाहेक अरु कुनै केटीलाई साथी नबनाउँ
म बाहेक अरु केटीसँग हाँस खेल गर्दै नगर…
तिमीलाई जति मन लाग्छ केटी साथी बनाउँ
उनिहरुसँग हाँस खेल पनि गर…
तर सधै एउटा कुरा ख्याल गर्नु…
तिम्रो लाइफमा म जुन स्थान छु ….
त्यो स्थानमा तिनीहरूलाई पुग्ने मौका कहिल्यै नदिनु…
तिमीसँग म जति नजिक छु…
त्यति नजिक तिनीहरूलाई हुन नदिनु…
कोही पराय केटीको लागी
मेरो मन कहिल्यै नदुखाउनु…
हुनत म तिमीलाई धेरै माया गर्छु…
तिम्रो खुशी चाहन्छु तर पनि
मेरो मुटु ढुङगाको त होइन नि…
त्यो सब देख्दा मलाई डाहा होला कहिले रिस उठ्ला…
अनि त्यो रिस,
त्यो डाहाको कारण
हाम्रो सम्बन्ध बिग्रिएला…
त्यसैले तिमी अरु केटीलाई साथी त बनाऊ
तर… तिनीहरूलाई धेरै नजिक राखेर
मलाई कहिल्यै आहत नगर्नु…
मलाई कहिल्यै तिनीहरू भन्दा निचो नदेखाउनु।’
यो स्टाटसले के स्पष्ट पार्छ भने सौगात र सोनी फेरी नजिक हुँदैछन् । लगातार एकपछि अर्को चलचित्रमा व्यस्त सौगात मल्लको फागुन १३ गते प्रतिक्षित मानिएको चलचित्र ‘लुट २’ प्रदर्शनमा आउँदैछ ।