महान्यायाधिवक्ता हरि फुयालले राजीनामा दिएका छन् । उनले २० गतेबाट लागू हुने गरी प्रधानमन्त्रीमार्फत राष्ट्रपति समक्ष बुधबार राजीनामा बुझाएका हुन् ।
फुयाल वैशाख ६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए । महान्यायाधिवक्ता सरकारको कानूनी सल्लाहकार हुन् । सरकार परिवर्तन भएसँगै महान्यायाधिवक्ता पनि परिवर्तन हुने प्रचलन छ । -अनलाइन खबर