बलीउड अभिनेत्री दीपिका पादुकोणको पहिलो हलीउड फिल्म ‘ट्रिपल एक्स’ चाँडै प्रदर्शनमा आउँदैछ । खबरका अनुसार दीपिकाले यो फिल्म गर्नु भन्दा अगाडी फिल्मका अभिनेता विन डीजलको सामु एक शर्त राखेकी थिइन् । फिल्म गर्नका लागि दीपिकाले कुनै सम्झौता गरेकी थिइनन् तर उनको शर्त मानिएको थियो ।
खबरका अनुसार, दीपिकाले भनेकी थिइन् कि उनी जुन हलीउड फिल्म गर्ने छिन् त्यो फिल्मको वल्र्ड प्रिमियर भारतमा हुनु पर्छ । विन डीजल स्टारर फिल्म ‘ट्रिपल एक्स( रिटर्न अफ जेन्डर केज’ बाट दीपिकाले हलीउड फिल्ममा आफ्नो पाइला अगाडी बढाएकी छिन् ।
विन डीजलले एक अन्तर्वार्ताको क्रममा भने कि यो फिल्मको प्रिमियर भारतमा अर्को बर्षमा हुनेछ । फिल्म साइन गर्नुभन्दा अगाडी दीपिकाले सोधेकी थिइन् कि ‘यदी म यस फिल्ममा काम गरे भने तपाईले मलाई एक शर्त मान्नु पर्छ कि फिल्मको प्रिमियर भारतमा हुनु पर्छ ।’ डीजलका अनुसार उनको शर्तलाई निर्माण पक्षले स्वीकार गरेको थियो । उनले भने -‘हामी यो फिल्मको प्रिमियर भारतमा गर्दैछौ ।’
डीजे क्रूसो निर्देशित यो फिल्म ‘ट्रिपल एक्स’ एक्शन सीरीजको थर्ड फिल्मि हो। यो फिल्म पुरा दुनियामा २० जनवरी २०१७ मा रिलिज हुँदैछ ।