फिल्म क्षेत्रमा आउनु अघिनै विराज भट्ट बिवाह बन्धनमा बाँधिएका थिए । कलिउडमा जब उनी हिरोको रुपमा उदाए त्यो दिन देखि आज सम्म उनी स्टारको रुपमा परिचित छन् । पछिल्लो समय नेपाली फिल्म न्यून मात्रामा खेल्न थालेका उनी भोजपुरी दर्शकमाझ लोकप्रिय पनि भईरहेका छन् । ५ बर्षपछि चलचित्र जय परशुराममार्फत नेपाली चलचित्रमा कमब्याक गरेका विराज अहिले भोजपुरीको मार्केटमा पनि त्यतिकै बिकाऊ भएर देखा परेका छन् । तर अहिलेका लागि विराज भट्टको श्रीमती उनका फ्यानहरुले हेर्न भने पाएका छैनन् ।
विगत ६ बर्षदेखि भक्तपुर बालकोट स्थित रोज भिलेजमा एक करोड प्लसको आफ्नै घरमा उनको सानो परिवार छ जहाँ श्रीमती र दुई छोरा छन् उनको । उनको श्रीमतीको नाम सरस्वती हो, जो हाउस वाईफ हुन् । टक्सनमा चढ्ने विराजले छोराहरुका लागि स्यान्ट्रो गाडीको सुख सुविधा दिएका छन् । नेपाली फिल्ममा अभिनय गरे भन्दा केही गुणा बढी पारिश्रमिक भोजपुरी फिल्मबाट पाउने उनी सम्भवत बलिउडमा ईन्ट्री मार्ने तयारीमा पनि छन् ।