सुपरहिट एक्शन फ्रान्चाइज सिघंमको तेस्रो श्रृखंला एस थ्रीको मोसन पोस्टर सार्वजनिक भएको छ। दक्षिण भारतीय तमिल एक्शन फिल्म घोषणादेखी चर्चामा छ। फिल्मका लागि तेस्रो पटक सिघंम नामक प्रहरी अधिकृतको भूमिकामा सुर्या देखिने यस फिल्मलाई हरिले निर्देशन गरेका हुन्। अघिल्ला दुई श्रृखंलाले पाएको जबरदस्त सफलताले फिल्म निर्माणदेखि चर्चामा रहेको छ।